चीनमा नयाँ भाइरसको संक्रमण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिन मा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ ।

अनुसन्धानकर्ता मध्येका एक वाङ लिफाले चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग कुरा गर्दै यो भाइरस घातक नभए पनि यसप्रति सजग रहँदै नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal