जसपाले पनि मन्त्रीहरु हेरफेर गर्ने प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराए

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले बताए ।

नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव,  कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको स्थानमा नयाँ मन्त्रीहरु जानेछन् । भौतिक पूर्वाधार मन्त्रालयमा राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा सिंह र वन मन्त्रालयमा यादव जाने बताइएको छ ।

आफूलाई पार्टीले प्रधानमन्त्री कहाँ नाम बुझाएको जानकारी आएको तर शपथका लागि भने खबर नआएको मन्त्रीमा सिफारिस भएका एक नेताले बताए । भौतिक पूर्वाधार मन्त्री रेणु यादवले पनि पार्टीले आफूलाई सरकारबाट फिर्ता बोलाएको बताइन् ।

© 2022 All Right Reserved DiasporaNepal