माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि  खुल्ला छलफल हुने कार्यसूची तय छ ।

आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् । आइतबारको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेश भएको थियो । जसमा प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा रहेका छन् । 

© 2022 All Right Reserved DiasporaNepal