पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि 

१ महिना अगाडि

डायस्पोरा नेपाल

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको । २१ सय २० जनामा गरिएको कोरोना परीक्षणमा आरटी–पिसिआर विधिमार्फत् ३९ जनामा र एन्टिजेन विधिमार्फत् १४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ ।

यसका साथै सो अवधिमा १४ जना संक्रमणमुक्त पनि भएका छन् । पछिल्लो २४ घण्टामा कोही पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

नेपालमा आइतबार मात्रै ओमिक्रोनको बी एक फाइभ भेरियन्ट पुष्टि भएको छ ।

© 2022 All Right Reserved DiasporaNepal