केएमसी कर्मचारी मृत्यु प्रकरण : बुद्धनगर क्षेत्र तनावग्रस्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । आफन्तले हत्याको आशङ्का गरेपछि मृत फेला परेकी रमा रायमाझीको शव उठ्न सकेको छैन । 

आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।  केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।


आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ । 

रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् । आफन्तहरूको सङ्ख्या बढ्दै जाँदा बुद्धनगरको अवस्था तनावपूर्ण भएको छ । 

मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले ई बताए ।

© 2022 All Right Reserved DiasporaNepal