कुवेती दिनारको विनिमय दर हालसम्मकै उच्च

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १३२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १३३ रुपैयाँ २५ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा आज ९७ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४४ पैसा पाइन्छ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४८ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७९ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिददर ४१० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१२ रुपैयाँ ६६ पैसा तोकिएको छ। यो हालसम्मकै उच्च दर हो। बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३५ रुपैयाँ ९२ पैसा कामय गरिएको छ।

© 2022 All Right Reserved DiasporaNepal