दोहोरो अंकले नेप्से घट्दा  देखियो असर

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सोमबार नेप्से परिसूचक २३.८५ अंकले घटेर १,९३३.१३ बिन्दुमा पुगेको छ। अघिल्‍लो दिन नेप्से परिसूचक ९४.९२ अंकले बढेको थियो। तर नेप्सेको यो वृद्धिले निरन्तरता पाउन सकेन। 

नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको कारोबार भएकोमा आज दुई अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ। आज २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ५६ लाख ४१ हजार ५४० सेयर किनबेच भएको छ। 

कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये ३१ वटाको मूल्य बढेको छ भने जम्मा १९४ वटाको मूल्य घटेको छ। आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। यसपछि न्यादी हाइड्रोपावरको ९.९६ प्रतिशतले मूल्य बढेको हो। सोमबार उन्नती सहकार्य लघुवित्त वित्तीय वित्तीय संस्थाको सबैभन्दा धेरैले सेयर मूल्य घटेको हो। संस्थाको आज नकारात्मक सर्किट ब्रेक लागेको हो। 

आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये लाइफ इन्स्योरेन्स र इनभेस्टमेन्ट बाहेक सबैको मूल्य घटेको छ। लाइफ इन्स्योरेन्सको आज जम्मा १.२२ प्रतिशत र इनभेस्टमेन्टको १ प्रतिशतले बढेको हो। विकास बैंकको भने ३.५१ प्रतिशत, हाइड्रोपावरको २.७५ प्रतिशत र होटल एन्ड टुरिजमको २.७२ प्रतिशतले बढेको हो। 

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै सिटिजन इनभेस्टमेन्ट ट्रस्टको १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि हिमालयन डिस्टिलरीको ९ करोड ७ लाख ४४ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८ करोड २ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ७ करोड १४ लाख १२ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ। 

© 2022 All Right Reserved DiasporaNepal