सूर्या लाइफ इन्स्योरेन्स  र ज्योति लाइफ इन्स्योरेन्स  एक आपसमा मर्जरमा जाने सम्झौता 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौता भएको छ। सम्झौतापत्रमा कम्पनीका  सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन्। 

कम्पनीले हाल सेयर मिलान अनुपात (स्वाप रेसियो) तय गरेको छैन। कम्पनीले मर्जर सम्बन्धि सैद्धान्तिक सहमतिमा बीमा समितिबाट स्वीकृति पाएसँगै सम्पत्ति दायित्व मूल्यांकन (डिडिए) तयार गर्ने उल्लेख छ। डिडिएपछि कम्पनीहरूको स्वाप रेसियो तय गर्नेछ। 

हाल बीमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब रूपैयाँ तोकेको छ। यही पुँजी पुर्‍याउन कम्पनीहरू मर्जरमा जान लागेका छन्। हाल सूर्या लाइफको दुई अर्ब ५५ करोड रूपैयाँ र ज्योति लाइफको दुई अर्ब ४२ करोड रूपैयाँ चुक्ता पुँजी छ।

मर्जरमा जाने सहमतिसँगै सेयर कारोबार रोक्काको लागि कम्पनीहरूले नेप्सेमा पत्राचार गरिएको छ।

© 2022 All Right Reserved DiasporaNepal