अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी   सांसदहरूले  विधेयकमा सहमति 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् ।

सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ ।

बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ ।

नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ । विधेयकमा सहमति भएसँगै अमेरिकामा अब अन्धाधुन्ध हुने बन्दुक आक्रमणका घटना कम हुने विश्वास गरिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal