रवि लामिछानेको पार्टीलाई विवादमा तान्ने प्रयास

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

दर्ता हुन नपाउँदै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई विवादमा तान्ने प्रयास भएको छ । लामिछानेले २१ जना कार्यसमितिको नामावलीसहित निर्वाचन आयोगमा मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्दको प्रयोग गरेको भन्दै विवाद निकालिएको हो । 

प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले पनि बुधबार नै आयोगमा उजुरी दिएका छन् । स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न उनको माग छ । 

आयोग लामिछानेले दल दर्ताका लागि दिएको निवेदन अध्ययनकै क्रममा रहेका बेला दर्ता रोक्न दुई छुट्टाछुट्टै निवेदन परेको हो । सामाजिक सञ्जलामा पनि कतिपयले सामाजिक सञ्जालमार्फत ‘स्वतन्त्र’ को उपहार भएको टिप्पणी गरेका छन् । तर, लामिछानेले भने यसबारे केही प्रतिक्रिया दिइसकेका छैनन् । लामिछानेले पार्टी कार्यालय बसुन्धरामा खोलेको भएपनि पार्टीका गतिविधि र केन्द्रीय समिति सदस्यका विषयमा समेत विस्तृतमा खुलाएका छैनन् । मंगलबार राष्ट्रिय सभागृहबाट घोषणा भएको नयाँ पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको छ ।​

© 2022 All Right Reserved DiasporaNepal