नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ ।  यद्यपि नेयमार भने सकूशल रहेका छन् । छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जानकारी दिएको छ ।

मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थियो । नेयमार आफ्नो बहिनी रफेला सान्तोस र पार्टनर ब्रुना बियानकार्डीसँग छुट्टी मनाइरहेका थिए । उनीहरुले गत हप्ता लास भेगास र मियामीमा समय बिताएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal