नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको  एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ  

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको आज शपथग्रहण हुने भएको छ । एन्फा कार्यालयमा आज साँझ ५ बजे शपथ  लिने कार्यतालिका छ। 

शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन्। एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन भएका थिए । 

उनका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिएका हुन् ।

© 2022 All Right Reserved DiasporaNepal