अर्थ

आज नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट

बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ।

श्वेत-गङ्गा हाइड्रोपावर  सर्वसाधारणका लागि  सेयर निष्कासन तथा बिक्री खुला

श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।

रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८/७९ मा ३ सय ९१ टन चिनियाँ खाद्य सामग्रीको आयात

नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो ।

एलन मस्कविरूद्धको कानुनी लडाइँमा ट्वीटरसँग खराब विकल्प मात्र

पहिले, एलन मस्कले ट्वीटर खरिद गर्ने इच्छा देखाए। मस्कले इच्छा प्रकट गर्दासम्म ट्वीटरले के गर्ला अन्यौलनै थियो। मस्क र ट्वीटरबीच ४४ विलियन डलरमा लेनदेनको सम्झौता भयो।

६ अर्ब रूपैयाँ लागतमा कर्माले भूकम्प प्रतिरोधी अपार्टमेण्ट बनाउँदै

काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेण्ट बन्ने भएको छ।

दोहोरो अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८.०३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर २०२९.४३ बिन्दुमा पुगेर बन्द भएको छ। 

आज सुनको मूल्य घट्यो

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नागरिक लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो ।

© 2022 All Right Reserved DiasporaNepal