चीनको कारखानामा आगलागी ३६ जनाको मृत्यु

१ हप्ता अगाडि

डायस्पोरा नेपाल

चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ ।

चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा आगलागीका घटनाहरु पछिल्लो समय धेरै नै सार्वजनिक भइरहेका छन् ।

सन् २०१९ को मार्चमा सांघाईबाट २६० किलोमिटर टाढा रहेको रासायनिक कारखानामा विस्फोट हुँदा ७८ जनाको मृत्यु भएको थियो ।

यसअघि सन् २०१५ मा उत्तरी तियान्जिनमा रहेको एक रासायनिक गोदाममा विस्फोट हुँदा १६५ जनाको मृत्यु भएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal