एनआरएनएमा पहिलो पटक संस्थापन पक्षका असहमतिका बावजुद अन्तरराष्ट्रिय भेला सुरु

१ वर्ष अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तराष्ट्रिय भेला सुरु भएको छ । एनआरएनए भित्रका डेलिगेट्सलगायतका विवाद समाधान गरि तत्काल निर्वाचन गर्न दवाव दिने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनसीसीहरु) अन्तरराष्ट्रिय भेला गरिएको हो । एनआरएनए विधान विपरीत पहिलो पटक एक पक्षले एनसीसीहरुको नाममा अन्तरराष्ट्रिय भेला गरेको हो ।

एनसीसीहरुको नामबाट सुरु गरिएको अन्तरराष्ट्रिय भेलालाई शुभकामना दिदै पुर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले एनआरएनएको अन्योलता चिरेर अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी) निर्वाचन हुने आसा गरेका छन ।
उक्त भेलामा कार्यसमितिका उपाध्यक्षहरु मन केसी र सोनाम लामा तथा नेपाली काग्रेस, माओवादी केन्द्रका ओम शर्मा र एकीकृत समाजवादीका प्रवास प्रमुख श्रीप्रसाद शाहलगायतले एनआरएनएको निर्वाचनबाट चाडै नेतृत्व चयन गर्न जोड दिए । ठुला एनसीसी मध्येका अमेरिका, युके, अष्ट्रेलियाले मुख्य भुमिका खेलेका छन । भेलामा फ्रान्स, जर्मन, इटाली, माल्टा, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चगल, स्वीडेन, स्वीजरल्याण्ड, टर्कि, युके, कुवेत, कतार, ओमान, अष्ट्रेलिया, अस्ट्रियालगायतका एनसीसी अध्यक्षहरु सहभागी भएको कार्यक्रम संचालक तथा अष्ट्रेलियाका पुर्व अध्यक्ष केशव कंडेलले जानकारी दिएका छन ।
संस्था भित्रको विवादलाई समाधान पहल गर्नुको विकल्प नरहेको उपाध्यक्षद्वयकेसी र लामाले बताए । पुर्वमन्त्री महतले एनआरएनएको सम्मेलन दशैंमा नभएर सुनसान भएको जनाउदै अधिवेशन समयै सम्पन्न गर्न परराष्ट्र मन्त्रालय सहयोग गर्न तयार रहेको जनाए । उनले आइसीसीले चाडै पुर्णता पाएर एनआरएनएको संभावनालाई पुर्णरुपमा प्रस्फुटन गर्ने अपेक्षा गरे । ‘परराष्ट्रले छानविन र पत्र पठाएको छ । कसरी अघि बढने भन्ने अन्योल कायम रहेको महशुस गरेको छु । समयमै अधिवेशन सुनिश्चित गर्ने र अप्ठ्याराहरु प्रजातान्त्रिक प्रक्रियाका आधारमा टुग्याउने आसा छ’, उनले भने ।
पुर्वमन्त्री महतले एनआरएनएले बाढी पीडित, कोभिडका बेलामा सहयोग गरिरहेको उच्च कदर गर्दै प्रसंसा गरे । यो समाचार तयार गर्दा सम्म पुर्व अध्यक्ष देवमान हिराचनले आफ्नो धारणा राखिरहेका छन ।

© 2022 All Right Reserved DiasporaNepal