बिबिसी युकेद्वारा ३ दिने समर क्याम्प संचालन

१ वर्ष अगाडि

पूर्ण गुरुङ


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन गरेको छ । गत १८, १९ र २० अगष्टका दिन बिसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा सो चिल्ड्रेन समर क्याम्प संचालन गरेको हो ।
बिशेष गरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, सामबुटा लिपी लगायतको बिषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त क्याम्प संचालन गरिएको हो ।
करीब २७ जना बालबालिकाहरुले भाग लिएको उक्त समर क्याम्पमा बिसीसी युकेका धर्मगुरु खेन्पो कुन्ख्याप, से नाम्खा, काल्साङ्ग गुरु, लामा रिग्जेन, शारदा, अमोस, लारीलगायतले बालबालिकाहरुलाई विभिन्न बिषयमा जानकारी गराएका थिए ।
यसैबीच बिसीसी युकेका सल्लाहकार एवं उक्त समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले आफ्ना नानिहरुलाई उक्त कार्यक्रममा सहभागी गराईदिएकोमा सम्पूर्ण अभिभावकहरुलाई आभार व्यक्त गरेका छन् । त्यस्तै, उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका धर्मगुरुहरु, कार्यसमिति, आमाहरु, गुम्बा स्टाफ, सहभागी बालबालिकाहरु लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।  

बिसीसी युकेले उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगा लगायतको बिषयमा जानकारी प्राप्त गरेको विश्वास व्यक्त गर्दै, अब छिट्टै प्रत्येक आइतबार नियमित रुपमा करीब २ घण्टा बालबालिकाहरुलाई  बौद्ध दर्शनसंग सम्बन्धित कक्षा संचालन गर्ने जानकारी गराएको छ ।

बिसीसी युकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त समर क्याम्पमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेलसंगसंगै भोजनको समेत प्रवन्ध गरिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal