एमालेको १० महाधिवेशन सुरु, नेतृत्व चयन मुख्य एजेण्डा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
तस्बिर : रासस


चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तिनै तहको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् ।
देशको सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्दै कार्यान्वयन गर्नका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने उनको भनाइ छ ।

‘‘हामी अब चुनावको तयारी तर्फपनि जानेछौँ । हामी जनमतको तयारी गर्नेछौँ । जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यस देशका लागि । एमालेका लागि होइन, एमालेका लागि बहुमत होइन देश बनाउनका लागि । यस देशको सार्वभौमताको रक्षा गर्नका लागि’ उद्घाटन सत्रमा उनले भने ।
दलहरुबिच सहकार्य आवश्यक
प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताए । उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताए।
‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ प्रधानमन्त्री देउवाले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

उनले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताए ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताए । एमालेसँग पार्टी एकता गरेर एकै ठाउँमा रहे पनि केही भिन्न मान्यता र परिवेशले अलग भएको भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले सिकाएको बताए ।

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताए । ‘बाह्य शक्ति खेल्छ त । हामी लडाइ गर्नुपर्ने एकले अर्कोलाई खुइल्याउनुपर्ने । बाह्य शक्तिले त त्यही खोजिरहेको छ’ उनले भने ।

महाधिवेशन उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादफ पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापालगायतले पनि शुभकामना दिएका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us